उज्वल थापा एक प्रेरणा हुन् ।  उनले सोच्न बाध्य गराउने आफ्ना विचारहरुबाट र आफैं उदाहरण बनेर,  नेपाल एवं विदेशमा रहेका हजारौँ नेपालीहरुलाई प्रेरित गरेका छन् ।

हामी को हौं

उज्वल थापा फाउन्डेशन उज्वलको कामलाई निरन्तरता दिदैं उनको सोचलाई जीवन्त राख्नको लागि शुरू गरिएको प्रयास हो। यो कुनै पनि दल वा समूहसँग आबद्ध छैन । सशक्त, समानुभूतियुक्त एवं उद्यमशील समाज निर्माण गर्नका निम्ति विभिन्न क्षेत्रहरुमा उनले गरेका प्रयासहरुलाई निरन्तरता दिने यो एउटा मंच हो। उज्वलको सम्झनामा स्थापित यस फाउन्डेशनले, उज्वलले आत्मसात गरेका मूल्य मान्यतालाई अभ्यास गर्नेछ ।

दुरदृष्टि

सशक्त, समानुभूतिपूर्ण र उद्यमशील समाज

ध्येय

नेपालमा नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्ने

उज्वल थापाका लेखहरु

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.