उज्वल थापाको बारेमा

उज्वल थापा एक उद्यमी, उत्सुक यात्री, सामाजिक अभियनता र दूरदर्शी सोच भएका एक यस्ता राजनीतिज्ञ थिए जसले जनताले परिकल्पना गरे अनुरुप भ्रष्टाचार र खराब शासनको विरूद्ध विभिन्न अभियानहरु संचालन गरे। 

उद्यमीको रूपमा, उनले कफी खेती व्यवसाय र आईटी कम्पनी स्थापना गरे। एक दूरदर्शी चिन्तकको रूपमा, उनले नेपालमा सहि हिसाबले काम गर्न नसकेको पार्टीगत राजनीतिको विकल्पमा मूल्यमा आधारित वैकल्पिक राजनीतिको प्रस्ताव गरे र त्यसको नेतृत्व गरे – र त्यसको माध्यमबाट उनले धेरै युवा र आदर्शवादी नेपालीहरूलाई आकर्षित एवं प्रशिक्षित गरे। सामाजिक अभियन्ताको रूपमा, उनले उद्यमशीलता, सम्पदा संरक्षण, र नेपाल बन्द विरुद्ध सार्वजनिक आन्दोलनलाई अधि बढाए। अन्ततः एक कुशल राजनीतिज्ञको रूपमा, वित्तीय पारदर्शिता, लैङ्गिक समानता, सहभागितामूलक निर्णय प्रक्रिया र निरन्तर समीक्षा एवं सिकाइलाई आफ्नो मुख्य संगठनात्मक विशेषताहरूको रूपमा आत्मसात गर्ने नेपालको पहिलो युवाले नेतृत्व गरेको वैकल्पिक राजनीतिक दल, विवेकशील नेपाली दल गठन गरी त्यसको नेतृत्व गरे।

उनकै शब्दमा उनको बारेमा थप जान्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.