हामी को हौं

उज्वल थापा फाउन्डेशन उज्वलको कामलाई निरन्तरता दिदैं उनको सोचलाई जीवन्त राख्नको लागि शुरू गरिएको प्रयास हो। यो कुनै पनि दल वा समूहसँग आबद्ध छैन। सशक्त, समानुभूतियुक्त एवं उद्यमशील समाज निर्माण गर्नका निम्ति विभिन्न क्षेत्रहरुमा उनले गरेका प्रयासहरुलाई निरन्तरता दिने यो एउटा मंच हो। उज्वलको सम्झनामा स्थापित यस फाउन्डेशनले, उज्वलले आत्मसात गरेका मूल्य मान्यतालाई अभ्यास गर्नेछ।

दुरदृष्टि

सशक्त, समानुभूतिपूर्ण र उद्यमशील समाज

ध्येय

नेपालमा नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्ने

हाम्रो लक्ष्य र उद्देश्यहरु

१. नेतृत्व विकासमा सहजीकरण गर्ने 

क) नैतिकता, उत्कृष्टता, योगदान र आध्यात्मिकता उन्मुख नेतृत्वदायी तालिम कार्यक्रम विकास गर्ने ।

ख) विद्यमान एवं सम्भाव्य नेतृत्वदायी व्यक्तित्वहरुलाई नेतृत्व तालिम, कार्यशाला, गोष्ठी गर्ने गराउने ।

ग) स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका विभिन्न क्षेत्रमा योगदानरत व्यक्तित्वहरुको क्षमता वृद्धि गर्ने ।

घ) विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालय एवम् अन्य सरकारी, गैर-सरकारी तथा निजी संस्थाहरुसँग सहकार्य र संजाल निर्माण गर्ने ।

ङ) समग्र नेतृत्व विकास र मार्गदर्शन (mentoring) को कार्य गर्ने ।

२.स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्याउने

क) प्रगतिशील, उद्यमशील र न्यायपूर्ण सामाजिक विकासद्वारा नेपाललाई विश्वमाझ एक गुरु राष्ट्र निर्माणमा योगदान दिने ।

ख) सिद्धान्त, नीति तथा सम्भावित नीतिहरुको अध्ययन-अनुसन्धान गर्ने ।

ग) कार्यान्वयनमा भै रहेका नीतिहरुलाई सहभागिता, समावेशिता र तर्कमा आधारित भै विश्लेषण र सम्प्रेषण गर्ने ।

घ) बहस छलफल संचालन गर्ने र त्यसको निष्कर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न प्रयास गर्ने ।

ङ) लुम्बिनीलाई सैद्धान्तिक सम्वादको केन्द्रको रुपमा स्थापित गर्दै शान्ति तथा मध्यमार्गी दर्शनलाई प्रोत्साहन गर्ने।

३. सामाजिक अभियान संचालन गर्ने / नागरिकहरुको चेतना बढाउने 

क) समाजमा चेतना जागृत गर्ने तथा सामाजिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने ।

ख) नागरिकलाई मूल्य-मान्यतामा अडिग विवेकशील बन्न प्रेरित गर्ने ।

ग) समाजलाई उद्यमशील बन्न मद्दत गर्ने।

घ) राष्ट्रलाई सुशासनद्वारा हितकारी बन्न प्रोत्साहित गर्ने।

ङ) नेपाललाई एक उत्कृष्ट गुरु राष्ट्रको रुपमा विकास गर्न सम्बन्धित सबैलाई सहभागी हुन प्रेरित गर्ने।

च) सामाजिक रुपान्तरणका निम्ति विभिन्न नवीन प्रयोग (experiment) हरुलाई सहयोग एवं समर्थन गर्ने ।

छ) सामाजिक न्याय र बृहत्तर समाजको हितका लागि हुने अभियानहरुलाई समर्थन र सहयोग गर्ने।

४. न्यायपूर्ण समाज र गुरु राष्ट्र निर्माण गर्ने

क) सामाजिक न्याय, समावेशिता, सकारात्मक सहभागिता एवम् कानुनी राज्य स्थापनार्थ सहजकर्ताको भूमिका निर्वाह गर्ने ।

ख) वातावरणको संरक्षण एवम् प्रवर्धन गर्ने।

ग) प्राकृतिक विपत्ति र मानवीय संकटपूर्व त्यसको रोकथामको लागि र विपत्ति पश्चात राहत- पुनर्निर्माण निमित्त सहायता गर्ने ।

घ) रैथाने ज्ञानलाई उजागर गर्दै प्रयोग गर्न प्रेरित गर्ने ।

ङ) महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत वर्गको अधिकार र न्यायका लागि अभियान तथा विभिन्न कार्यक्रमद्वारा पैरवी गर्ने।

५. उद्यमशीलताको प्रवर्धन गर्ने

क) मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उद्यमशीलतालाई स्थापित गर्न सहज बनाउने ।

ख) उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम संचालन गर्ने र सामाजिक जीवनसँग जोड्ने ।

ग) उद्यमशील व्यक्ति एवम् संस्थाको क्षमता वृद्धि गर्न सहजीकरण गर्ने; सम्भावित परियोजनाहरूमा लगानी गर्ने वा गर्ने वातावरण बनाउने ।

घ) वित्तीय ज्ञानको अभिवृद्धि गर्ने, विविध सहयोग तालिम संचालन गर्ने र गरिखान पाउने वातावरण बनाउन मद्दत गर्ने।

६. पर्यावरणीय हितका क्षेत्रहरुमा काम गर्ने 

क) पर्यावरणीय विषयलाई केन्द्रमा राख्दै दिगो विकासको लागि आर्थिक दृष्टिकोण प्रस्तुत गर्ने ।

ख) पर्यावरण सम्बन्धी अध्ययन अनुसन्धान कार्यहरुलाई सहयोग एवं समर्थन गर्ने।

ग) पर्यावरण सम्बन्धी विश्वका सर्वोत्कृष्ट अभ्यासहरुलाई स्थानीयकरण गरी कार्यान्वयन गर्ने ।

घ) पर्यावरण सम्बन्धी अभियानहरुलाई समर्थन एवम् सहयोग गर्ने।

ङ) पर्यावरण सम्बन्धी नीतिगत सुधार गर्न पहल एवम् पैरवी गर्ने।

७. शिक्षा, स्वास्थ्य, कृषि, सुचना- प्रविधि लगायत अन्य क्षेत्रहरुको प्रवर्धन गर्न

क) उपर्युक्त विषयहरुमा समस्त नागरिकहरुको समान पहुँच सुनिश्चित गर्न क्रियाकलापहरु संचालन गर्ने।

ख) उपर्युक्त विषयहरुमा आमूल सुधारका निम्ति पैरवी एवं अभियान संचालन गर्ने।

ग) सूचना र प्रविधिलाई उपयोग गर्दै सुशासनलाई स्थापित गर्न मद्दत गर्ने।

घ) प्रविधिको पहुचलाई सहज बनाउन सरोकारवालाहरूबिचको सहकार्यको थलो निर्माण गर्ने।

ङ) सूचना प्रविधिको क्षेत्रलाई व्यापक र अझ उपयोगी गर्न अध्ययन एवम् कार्यक्रम संचालन गर्ने।

तपशील लक्ष्य र उद्देश्यहरुमा यस संस्थाले महिला, बालबालिका, युवा, अपागंता भएका व्यक्तिहरु, तथा सीमान्तकृत समुदायहरुको हितलाई विशेष ध्यानमा राखी काम गर्नेछ ।

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.