संचालक समिति

हाम्रो संस्थापक सञ्चालक समितिका सदस्यहरुले उज्वल थापाको जीवनका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्दछ। उँहाहरुले उज्वल थापाको जीवनका विभिन्न चरणहरुमा साथ र समर्थन दिएका छन्।  


एरिका उज्वल थापाकी श्रीमती हुन् । उनी सँधै उज्वलको पछाडि रहेर उनको आईटी उद्यमीबाट नागरिक अभियन्ता हुँदै २१ औं शताब्दी सान्दर्भिक वैकल्पिक राजनीतिक पार्टी निर्माणसम्मको यात्राको साक्षी रहेकी छिन्। उनले बिजनेस स्टडीजमा स्नातकोत्तर गरेकी छिन् र नेपालमा व्यावसायिक दोभाषे तथा अनुवादन कम्पनी सफलतापूर्वक सञ्चालन गरिरहेकी छिन् ।


उज्वल थापाका सहकर्मी हुन् गोविन्द नारायण । उज्वलसंगै उनले विवेकशील नेपालीमा अभियान, नीति, नेतृत्व र संगठनका क्षेत्रमा करिब १ दशक सँगै काम गरेका थिए । बिगतमा उनले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा शुसासन र विश्व व्यापीकरण विषय अध्यापन गरेका छन् । हाल उनी काठमाण्डौको शंकरापुर्-३ मा फार्म स्टे चलाउछन र विभिन्न तालिम कार्यक्रममा सहभागी हुन्छन । उनको अध्यनको क्षेत्र कृषि, विकास र विश्वराजनीति हो ।


हेमेन्द्र, नेपालमा आधुनिक र्याम्ड अर्थ (rammed earth) को प्रयोग गर्ने पहिलो व्यक्ति हुन् | उनी मुस्ताङ जस्तो ठाउँमा परम्परागत रुपमा निर्माणका लागि प्रयोग गरिने माटोलाई नयाँ ढंगबाट प्रयोग गरि परमपरागत शैलिलाई जोगाउन र पुनर्जीवित गर्न पाउँदा खुशि महसुस गर्छन् । उनले अमेरिकामा रहेका प्रवासी नेपालीहरुका लागि कलिङ कार्ड प्रदायक कम्पनि हिमटेलको स्थापना र सञ्चालन गरेका थिए। उनी भायनेट कम्युनिकेसन्सका संस्थापक साझेदार पनि हुन्। आफ्नो फुर्सदको समयमा उनी विद्यार्थीहरूलाई सल्लाह दिन रमाउँछन्। उनले हार्वर्डबाट वातावरणको विषयमा केन्द्रित इन्जिनियरिङ विज्ञानमा स्नातक गरेका छन् ।


अनुसा थापा व्यवसाहिक रुपमा बायोकेमिस्ट हुन्। उनी राष्ट्र निर्माणका लागि कुनै पनि सानो वा ठूलो तरिकाबाट योगदान गर्न तत्पर छिन्।


संजय रिमाल, @Voiceworx.Ai का सहसंस्थापक, सरकार एवं उद्यम क्षेत्रका निम्ति विगत १० वर्ष देखि एसएमईको रुपमा प्रविधि व्यवस्थापन सेवा प्रदान गरि मिसन क्रटीकल सिस्टमहरु डिजाईन गर्ने पृष्ठभूमीबाट आएका हुन् । लिङ्क्डईन मार्फत उनीसँग सम्पर्क गर्नुहोस्।

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.