उज्वलको विरासतलाई जीवन्त राखी विविध क्षेत्रमा उनले गरेका प्रयासहरुलाई निरन्तरता दिनका निमित्त यस फाउन्डेशनले सुरुवात गरेको यात्रामा सल्लाहकार समितिले देखाउनु भएको प्रतिवद्धता र दिनुभएको साथ र सहयोगको हामी विषेश सरहना गर्दछौँ।

अर्जुन सिहं ठकुरी
अर्जुन सिहं ठकुरी पेशागत रुपमा एक पछि अर्को गरि विभिन्न उद्यमहरु संचालन गर्ने उद्यमी हुन्। पूर्वाचंल विश्वविद्यालयबाट एमसीएमा स्नातक गरेका अर्जुनले, नेपालमा एक्सेस कीज, एकस्सेस प्रेस थिम्स, ८डिग्रि थिम्स, WPAllClub, र एक्सेसकीज तालिम प्रतिष्ठान, जस्ता विभिन्न आई टी स्टार्टअपहरुको संस्थापन गरे। यी स्टार्टअपहरु पछि ठूलो भई सयौँ नेपालीहरुलाई रोजगारी दिदैछ। उनको आई टी कम्पनिहरुले सूचना प्रविधि सम्बन्धी परामर्श दिने, विभिन्न देशको लागि सफ्टवेयर विकास गर्ने र ४२ वटा भन्दा बढी देशहरुमा सफ्टवेयर निर्यात गर्ने काम गरिरहेको छ। व्यवहारीक एवं प्रगतीशील सिकाईको अभ्यास गर्ने काठमाडौँ स्थित नीजि विद्यालय, विलसन एकेडेमीका उनी निर्देशक हुन्। यस विद्यालयले नेपालका १२ वटा ग्रामिण जिल्लाहरुका विद्यार्थीहरुलाई क्षात्रबास प्रदान गर्दछ। आफ्नो गाँउ टिस्टुङ् मकवानपुरमा होलिडे रिसोर्ट, ॐ अध्याय रिट्रिट प्रा.ली का उनी संस्थापक एवं अध्यक्ष हुन्। यस रिसोर्टलाई त्यहाँका स्थानीयहरुले स्थानीय खाना र सामाग्रीहरुको प्रवर्धन गर्दै संचालन गरिरहेका छन्। उनले स्थानीयहरुका निम्ति रोजगारी सिर्जना गर्छन् र आफ्नै गाँँउमा रोजगारी र अवसरहरु प्रदान गरि स्थानीय युवाहरुलाई सशक्तिकरण गर्छन्।

आशिष सिटौला
आशिष सिटौला सामुदायिक विकास, पैरवी, व्यवहार परिवर्तनमा सञ्चार र सामाजिक मार्केटिङ रणनीति र अभियानहरूको डिजाइन र व्यवस्थापनमा २० वर्षभन्दा बढीको प्रगतिशील अनुभव भएका रणनीति विकास विशेषज्ञ हुन्। आशिषको अष्ट्रेलिया लगायत छ वटा एसियाली देशहरूमा जनस्वास्थ्य, सामाजिक र किफायती आवास, विविधता र समावेशीकरण, गरीबी निवारण, नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन र मानव विकास जस्ता क्षेत्रहरूमा व्यापक अनुभव रहेको छ। आशिष जटिल सामाजिक समस्याहरूको सामाजिक रुपमा नविन तरिकाहरुबाट तर्किक समाधान निकाल्न दक्ष छन्। हाल आशिष अष्ट्रेलियाको भिक्टोरिया वार्नम्बूल सिटी काउन्सिलमा रणनीतिक सामुदायिक योजना र नीति प्रबन्धकको रूपमा सेवा गरिरहेका छन्।

आशुतोष तिवारी
Entrepreneurs for Nepal (E4N) का सह-संस्थापक आशुतोष तिवारी साना र मझौला उत्पादन कम्पनीहरूसँग काम गर्ने नेपालको पहिलो व्यवसाय सञ्चालनमा केन्द्रित लगानी फर्म, SAFAL Partners का प्रबन्ध निर्देशक हुन्। यसअघि उनी शेर्पा एडभेन्चर गियर नेपालका प्रमुख कार्यकारी अधिकृत थिए । साथै, वाटरएड नेपालमा कन्ट्री डाइरेक्टरको रूपमा उनले काम गरेका थिए, र त्यो अवधिमा उनी नेपालमा ११४ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ एआईएनको निर्वाचित अध्यक्ष थिए।

विदुषी ढुंगेल
विदुषी ढुंगेलले सार्वजनिक नीति र राजनीतिको साझा मुद्दाहरुमा व्यापक रूपमा काम गरिसकेकी छिन् । राजनीतिक प्रक्रिया एवं संसदीय मामिलाहरुमा विशेषज्ञयताका साथ, लोकतान्त्रिक सुशासनको क्षेत्रमा पत्रकार र विकास अभियासकर्ताको रुपमा दश भन्दा बढिको अनुभव बटुलेकि छिन्। उनी काठमाडौंको नक्सालस्थित बोधी नामक क्याफे र रेस्टुरेन्टकी सह-मालिक पनि हुन्। राजनीति बारे कुराकानी गर्न, यात्रा गर्न र खाना पकाउन उनी मन पराउँछिन्। उनको तीनवटा महादेशमा बसोबास गरेको अनुभवबाट “विश्वव्यापी चेतना”को रुपरेखा भित्र नेपालको भविष्यलाई राखेर हेर्दा कस्तो हुन सक्छ भनेर उनले बुझ्न सक्छिन्।

विश्वराज दवाडी
डा. विश्वराज दवाडी चिकित्सक पेशामा आवद्ध छन् । द्रुत रूपमा सहरीकरण हुँदै गएका शहरहरू, ग्रामीण पहाडहरू र उच्च हिमालयहरू लगायत विभिन्न परिवेशहरुमा चिकित्सा सेवा र चिकित्सा शिक्षा प्रदान गरेको उनको १५ वर्ष भन्दा बढीको प्रत्यक्ष व्यावहारिक अनुभव छ। ग्रामीण क्षेत्रका गरिब तथा जोखिममा परेका वर्गलाई विभिन्न क्षमतामा नि:शुल्क सेवा उपलब्ध गराएर आफ्नो चिकित्सकीय अभियानहरुलाई निरन्तरता दिँदै आएका छन्। उनीसँग राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चिकित्सा क्षेत्रको स्नातक स्तरका विद्यार्थीहरुलाई लेक्चर प्रदान गरेेको र सिप हस्तान्तरण गरेको पर्याप्त प्राज्ञिक अनुभवहरु पनि छन्। उनले राष्ट्रिय अस्पतालहरु मार्फत नेपाल सरकारसँग नजिकबाट काम गर्नुका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणमा पनि योगदान गर्दै आएका छन् । सो अवधिमा उनी नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघको कार्यकारी समितिको सदस्यमा समेत निर्वाचित भएका थिए र फलस्वरुप उनले नेपालमा चिकित्सा सुशासन सुधारमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । उनी नयाँ ज्ञान र सीपहरू आर्जन गर्न इच्छुक रहिरहन्छन् र नवीनताको लागि सधैं खुल्ला छन्।

दिनेश प्रसाई

हिमा बिष्ट

कृष्ण क्षेत्री
कृष्ण क्षेत्री इन्भिक्टस ग्रोथ पार्टनर्सका प्रिन्सिपल हुन् र उनीसँग प्रविधि र वित्तीय सेवामा लगानी र सल्लाहकारको १८ वर्षभन्दा बढीको अनुभव छ। उनीसँग सार्वजनिक र निजी इक्विटी वित्तपोषण, मर्जर र एक्विजिसन, र व्यापार मूल्याङ्कनको व्यापक अनुभव छ। आफ्नो करियरको क्रममा, कृष्णले $५५ बिलियन भन्दा बढीको कारोबार मूल्य रहेको ६० वटा भन्दा बढी कारोबारहरु पुरा गरेका छन्। कृष्णले इन्भिक्टस टिमसँग विभिन्न तहमा १८ वर्षभन्दा बढी समय देखि नजिकबाट काम गरेका छन्।

मनिष झा
मनिष झा FACTS अनुसन्धान र विश्लेषण (FACTS Nepal) का संस्थापक र सीईओको रूपमा नेतृत्व गर्दै आईरहेका छन्। नेपालमा FACTS अनुसन्धानका निम्ति प्रख्यात कम्पनि हो। नेपालमा तथ्याङ्कको संस्कार बसाल्न योगदान पुर्याएको भनेर यस कम्पनीलाई श्रेय दिइन्छ। यस कम्पनिले सामाजिक र सार्वजनिक मिडिया प्रयोग गर्दै, राष्ट्रिय दैनिक र पत्रिकाहरूसँग साझेदारी गरेर तथ्याङ्कहरु प्रसार गर्ने काम गरेको छ। झा ले सर्भिस मार्केटिङ, राजनीति विज्ञान र मिथिला साहित्यमा स्नातकोत्तर डिग्री हाशिल गरेका छन् | उनले नियमित रूपमा सामाजिक-राजनीतिक र आर्थिक मुद्दाहरूको बारेमा राष्ट्रिय दैनिकहरूका लागि लेख्ने गर्दछन् र ५०० भन्दा बढी एपिसोडहरूका लागि टिभी शोमा प्रस्तोता भइसकेका छन्। उनी नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष, नेपाल व्यवस्थापन संघका बोर्ड सदस्य र नेपाल भ्रमण वर्ष २०२० अभियान मा प्रदेश नम्बर २ को संयोजकका रूपमा पनि काम गरिसकेका छन्।

मोहना अन्सारी
मोहना अन्सारी महिला र मानव अधिकार रक्षक हुन्। अन्सारी नेपाल राष्ट्रिय मानव अधिकार आयोग (२०१४-२०२०) को पूर्व सदस्य हुन्। उनले यसअघि राष्ट्रिय महिला आयोग (२०१०-२०१४) मा आयुक्तको रूपमा काम गरिन् र नेपालमा मानवअधिकार र महिला सशक्तिकरणको क्षेत्रमा उनलाई एक शक्तिशाली आधारको रुपमा हेरिन्छ। संवैधानिक निकायमा नियुक्त हुने आफ्नो समुदायको पहिलो महिला हुनुको साथै उनले दुई आयोगको प्रवक्ताको रुपमा पनि काम गरिन् । लिङ्ग, जात, जाति, धर्म र भूगोलमा आधारित तहगत विभेदले महिलाको व्यक्तिगत र व्यावसायिक विकासलाई अवरोध पुर्याउने नेपाल जस्तो पितृसत्तात्मक समाजमा, अन्सारीले ती सिमाहरुलाई तोड्नको लागि सबै वाधाहरू पार गरिन्। अन्सारी नेपालको सबैभन्दा गरिब क्षेत्र मध्य एउटा क्षेत्रको अल्पसंख्यक मुस्लिम समुदायमा हुर्किएकी थिइन्। आफ्नो परिवारमा कलेजबाट स्नातक गर्ने उनी पहिलो बनिन्। उनले पत्रकारको रूपमा काम गरिन् र कानून विषयमा आफ्नो शिक्षा पूरा गरेर वकिल बनिन् । उनी नेपालकी एक मात्र महिला मुस्लिम अधिवक्ता हुन्। नेपालको राजनीतिक संक्रमणको बीचमा, महिलाले पारिवारिक सम्पत्तिमा आफ्नो कानूनी अधिकार दाबी गर्ने सम्बन्धी ऐतिहासिक मुद्दामा सफलतापूर्वक बहस गरिन्। आफ्नो संवैधानिक कर्तव्यहरू पूरा गर्नुको अतिरिक्त, उनले लेखहरू प्रकाशित गरेर, बहसहरूमा भाग लिएर, अनुसन्धान र सार्वजनिक फोरमहरूमा प्रस्तुतीकरण गरेर र सामाजिक सञ्जालका अभियानहरु मार्फत पैरवी कार्यको सक्रिय रूपमा नेतृत्व गरिन्। उनले नेपालका राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री, सेलिब्रेटिंग वुमनहुडबाट दुर्गा अवार्ड, डा. शान्ता थपलिया महिला सशक्तिकरण पुरस्कार, स्वर्गीय प्रधानन्यायाधीश लक्ष्मण अर्याल स्मृति पुरस्कार जस्ता राष्ट्रिय पुरस्कारहरु लगायतका सम्मान प्राप्त गरिसकेकी छिन् । सन् २००६ मा, अन्सारीलाई एसिया फाउन्डेशनको लोटस सर्कल पोर्ट्रेट अफ लिडरशिप: वुमन चेन्जिङ द फेस अफ एसिया क्यालिफोर्निया, अमेरिकामा चित्रित गरिएको थियो। उनीसँग जिल्ला बार काउन्सिल, एक्सन एड, यूएनडीपी र आइडिया इन्टरनेशनल तथा अन्य स्थानीय गैरसरकारी संस्थाहरूसँग काम गरेको अनुभव छ।

प्रभाकर बागचन्द
प्रभाकर बागचन्द क्यामपेन फर प्रमोशन अफ कम्युनिटी प्यारालिगलिज्म इन नेपाल (CPCPN) का अध्यक्ष हुन्, र उनी दिगो विकासको अभ्यासकर्ता हुन्। बागचन्दले जातीय भेदभाव उन्मूलनका लागि वकीलहरूको राष्ट्रिय अभियान (LANCAU नेपाल) र FMDC (विकास र सामाजिक परिवर्तनका लागि मिडिया) को कार्यकारी निर्देशकको रूपमा काम गरेका छन्। उनी एक सशक्त सामाजिक न्याय अभियानकर्ता हुन, उनीसँग मानव अधिकार अनुगमन, सामाजिक र राजनीतिक समावेशीकरण, लैङ्गिकता, कार्यक्रम विकास, क्षमता अभिवृद्धि र नीति पैरवीका क्षेत्रमा करिब दुई दशक लामो अनुभव छ।

पृथ्वी बहादुर पाण्डे
पृथ्वी बहादुर पाण्डेको नेपालको सार्वजनिक तथा प्राइभेट बैंकिंग क्षेत्रमा ४३ बर्षे लामो अनुभव छ | भारत बाट १९७८ मा चाटर्ड एकाउन्टेन्सीको डिग्री हाशिल गरेपछि उनले नेपाल राष्ट्र बैंकको विभिन्न फाटमा सन् १९९१ सम्म काम गरेका थिए | यस अवधिमा उनले २ बर्ष IMF Washington को कार्यालयमा काम गर्ने अवसर प्राप्त गरे | पाण्डेले राष्ट्रीय बाणिज्य बैंकको जेनेरल म्यानेजर भएर केहि बर्ष काम गरेपछि १९९३ मा हिमालयन बैंक खोले | सन् २००२ मा नेपाल इन्डोस्विएज बैंकको ५० प्रतिशत सेयर खरिद गरेर उनले नेपाल इन्भेस्टमेन्ट बैंक व्यवस्थापन गरे | उनी संस्कृति संरक्षण, कला र पर्यटन विकासमा सक्रिय छन् | हाल उनी नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र Aloft होटल, छाया सेन्टर, ठमेल का अध्यक्ष हुन् |

रेशु अर्याल ढुंगाना
रेशु अर्याल ढुंगाना फुलब्राइट आयोग/युएसईएफ- नेपालका कार्यकारी निर्देशक हुन्। संयुक्त राज्य अमेरिका र नेपाल बीच शैक्षिक आदानप्रदान आयोग (“फुलब्राइट आयोग” वा “USEF/नेपाल” भनेर पनि चिनिन्छ) १९६१ मा स्थापित भएको थियो। रेशु एक अनुभवी शैक्षिक नेता हुन् जसले धेरै वर्षसम्म नेपालका लागि टिच फर नेपालको बोर्डको अध्यक्षको रुपमा काम गरेकी थिइन् र उनी नेपालमा शैक्षिक असमानता अन्त्य गर्न समर्पित युवाहरुले नेतृत्व गरेको यस आन्दोलनको संस्थापक सदस्य पनि हुन| बालबालिकालाई समग्र रूपमा शिक्षित, वातावरणीय रूपमा सचेत र जलवायु परिवर्तनसँग लचिलो बन्न प्रकृतिमा सिक्ने अवसरहरू सिर्जना गर्न समर्पित हबेली आउटडोर लर्निङ सेन्टरकी उनी संस्थापक पनि हुन्। अर्यालले युलेन्स एजुकेशन फाउन्डेशनमा २००९ देखि २०१३ सम्म काम गरेकी थिइन् | उनले मिनेसोटा विश्वविद्यालयबाट मानवविज्ञानमा स्नातक गरिन र नेसनल इन्स्टिच्युट अफ एजुकेशन, NTU, सिंगापुर र टिचर्स कलेज, कोलम्बिया विश्वविद्यालयबाट नेतृत्व र शैक्षिक परिवर्तनमा संयुक्त स्नातकोत्तर गरेकी छिन्।

सिमन ढुङ्गाना
सिमन ढुङ्गाना, उज्वलको निकट्तम व्यक्ति, जसले उनको सार्वजनिक जीवनमा प्रवेश गर्नको लागि गरेको पहिलो प्रयासमा अभियान प्रबन्धकको भूमिका निर्वाह गरेका थिए। विवेकशीलको भूकम्प कार्य दलको अध्यक्षको रुपमा काम गरेका साइमन, मेरील्याण्डमा बसोबास गर्दै आएका एक उद्यमी एवं व्यवस्थापन व्यवसायी हुन्। उनी विभिन्न प्रविधि नेतृत्व, र समुदायका गैर नाफा मूलक संस्थाहरुमा संल्ग्न छन्। उज्वलले नेतृत्व गरेका विभिन्न अभियानहरुमा उनी आवधिक रुपमा सक्रिया हुदैँ आएका थिए।

सोफीया पाण्डे
प्रशिक्षिण प्राप्त चलचित्र निर्माता सोफीया पाण्डेले न्युयोर्क युनिभर्सिटीको टिस्च स्कुल अफ आर्टस बाट ललित कलामा मास्टर्स गर्नुभएको छ। लामो समयसम्म स्तम्भकारको रुपमा उहाँले नेपालि टाइम्स, द काठमाडौँ पोस्ट र हालसालै, द रेकर्ड जस्ता पत्रिकाहरुमा चलचित्र र कलाको विषयमा स्तम्भहरु प्रकाशन गर्नु भएको छ| काठमाडौँ भ्याली संरक्षण ट्रस्ट र युनेस्को नेपाल सँग सांस्कृतिक सम्पदा, अनौपचारिक शिक्षा, कलामा पहुँच, युवा संग्लनता र वातावरण सम्बन्धि मुद्धाहरुमा काम गर्नुभएको छ | तल्लो तहसम्म शिक्षा र बाल संरक्षणमा काम गर्ने गैर सरकारी संस्था चाइल्डरिच नेपालको बोर्डमा उहाँ हुनुहुन्छ | एक कला प्रेमी हुनुका साथसाथै उहाँले आफ्नो पारिवारिक कला संग्रह र फाउन्डेसनको व्यवस्थापन गर्नुहुन्छ |

सृजना क्षेत्री
सृजना क्षेत्री स्वतन्त्र सल्लाहकार हुन् र उनले नेपाल र अमेरिकामा सामाजिक न्याय, लैंगिक समानता, सामाजिक समावेशीता, स्थानीय सुशासन र समावेशीता, संगठनात्मक संस्कृति जस्ता विषयहरुमा काम गरेकी छिन् | उनले अन्तरास्ट्रिय विकास विषयमा अमेरिकाको स्कुल अफ इन्टरनेसनल सर्भिस, अमेरिकन युनिभर्सिटीबाट स्नाकोत्तर र ब्रीन मर कलेजबाट समाजशास्त्रमा स्नातक गरेकी छिन्| नेपालमा, बृहस्पति विद्यासदन र बुढानिलकण्ठ स्कुलमा उनले अध्ययन गरेकी थिइन् ।

उमेश थापा
उमेश थापाले ICAI, भारत बाट चाटर्ड एकाउन्टेट र भारतकै पोंड़ीचेरी विश्वविधालयबाट एमबिए गर्नुभएको छ | उनी सुर्य नेपाल प्रा. लि.मा व्यवसायिक प्रबन्धकका रुपमा कार्यरत हुनुहुन्छ। उक्त कम्पनीले नेपालमा लगातार पाचँ वर्षसम्म सर्वाधिक कर तिर्दै आएको छ | उहाँ ट्रेक्किंगको साथ साथै ब्याडमिन्टन र पौडी खेल्न रुचाउनु हुन्छ |

यमबहादुर क्षेत्री
यमबहादुर क्षेत्रीलेे पर्वतको एउटा साधारण गाउँबाट आफनो जीवनको यात्रा शुरुवात गरेका थिए। कुनैबेला भारतीय सेनामा भर्ति हुने सोच बनाएका र पछि झण्डै मध्य पूर्व (खाडी मुलुक) मा वैदेशिक रोजगारमा जान लागेका यमले यी विविध संघर्षलाई पार गरेर अन्तत: विभिन्न स्टार्टअपहरुको संस्थापक सदस्य बने। उनले जीवनको यात्रालाई बगिरहेने खोला झै मानेर आत्मसात गरेका छन्। उनीले नेपालको वर्डप्रेस (WordPress) समुदायमा महत्वपूर्ण योगदान दिएका छन र आफै पनि यस क्षेत्रमा ८+ वर्षको अनुभवका साथ WordPress मा नै काम गरिरहेका छन्।