हाम्रो कार्यकारी समुहका सदस्यहरूले हाम्रो दैनिक कार्यहरूमा संचालक समितिलाई सहयोग गर्छन्।

आलोक सुवेदी
आलोक सुवेदी नेपालको कानूनी प्रविधिको अग्रगामी कम्पनि MeroAdda.com का सह-संस्थापक र सीईओ हुन। उनी एफएनसीसीआईको आईसीटी कमिटीका सदस्य र ई–बिजनेस एसोसिएसन अफ नेपालका बोर्ड सदस्य पनि हुन् । यसअघि, उनले नेपालमा भिजेल टेक्नोलोजीको सीईओको रूपमा काम गरिसकेका छन् र एक दशकसम्म संयुक्त राज्य अमेरिकामा विभिन्न संस्थाहरूमा विभिन्न व्यवस्थापकीय भूमिकामा काम गरेका छन् ।

अनिस सुवेदी
अनिस सुवेदी, नेपालको प्रथम दोभाषे सेवा प्रदायक कम्पनि स्क्वाएर सर्भिसेसका सहसंस्थापक हुन् र उनी आफू स्वयं पनि सम्मेलनहरुमा अनुवादक/दोभाषेको रुपमा काम गर्छन्। उनले नेपाली ब्रान्डका लुगाहरु उत्पादन गर्ने कम्पनी @ओरीजिन वेयरको संयुक्त रुपमा संचालन गर्छन्। फाउन्डेशनमा परिवारको तर्फबाट प्रत्यक्ष रुपमा संलग्न हुनेहरु मध्ये, उनी पनि एक हुन्। उनी, उज्जवल थापालाई आफ्नो मार्गदर्शकको रुपमा लिन्छन् र आफ्नो उद्यमशीलताको यात्रा एवं एक्सपिरीमेन्टहरुको श्रेय पनि उनलाई दिन्छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट सीभिल ईन्जीनियरिङ्गमा स्नातक गरेका छन्।